
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकणमा नेपाली काँग्रेसका नेता बिजय कुमार गक्षदारलाई दोषी ठहर गरेपछि पछि नेपाली काँग्रेसले अवरुद्ध गरेको संसद बैठक आजलेखि खुलेको छ । काँग्ेसले अबदेखि संसद अबरुद्ध नगर्ने निर्णय गरेसँगै अवरुद्ध संसद खुलेको हो ।
सिंहदरबारमा मंगलबार बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले संसद् चल्न दिने निर्णय गरेको थियो । बैठकपछि काँग्रेस दलका प्रमुख सचेतक बालकृष्ण खाँणले अनियमितता, भ्रष्टाचार र संवैधानिक अंगहरुको दुरुपयोगबारे सदनमा कुरा उठाउने तर सदन चल्न दिने निर्णय भएको जानकारी दिए ।