बीबीसी । चीनमा कोरोनाभाइरसको कारणले ज्यान गुमाउनेको संख्या १४ सय ८३ पुगेको छ । नयाँ नाम ‘कोभीड–१९’ नाम दिइएको उक्त भाइरसले चीनको हुवेइ प्रान्तमा बिहीबार एकैदिन १ सय १६ जनाले ज्यान गुमाएका छन् ।
हुवेईमा ५१ हजार ९ सय ८६ जनालाई भाइरसको संक्रमण रहेको छ । बिहीबार मात्रै ४ हजार ८ सय २३ जना संक्रमित थपिएका थिए । सरकारले जति अधिक प्रयास गरेपनि चिनको हुबेईमा कोरोना भाइरस नियन्त्रणमा आउन सकेको छैन । भाइरस नियन्त्रण गर्न नसकेको भन्दै हुबेईका प्रान्त प्रमुख हटाइएका छन् । हालका प्रान्त प्रमखु जियाङ चाओलियाङको स्थानमा संघाईका पूर्व मेयर यिङ योङलाई हुबेई प्रान्तीय कमिटीका नयाँ सेक्रेटरी चयन गरिएको छ ।
यसअघि अन्य पार्टी अधिकारीहरुलाई पनि पदबाट हटाइएको थियो । हुबेईका स्वास्थ्य आयोगका प्रमुख झाङ जिन र निर्देशक लियु यिङ्झीलाई पदबाट हटाइएको थियो ।
हालसम्म २५ देशमा यस रोगको रोगको संक्रमण फैलिएको छ । हालसम्म चीनभन्दा बाहिर हङकङमा एक जना र फिलिपिन्समा एक जना तथा जापानमा एक जनाले ज्यान गुमाएका छन् ।