सांसद हरिनारायण चौधरीको स्वामित्वमा रहेको ‘पप्पु कन्सट्रक्सन’ कालोसुचीमा

दियो पोस्ट  

काठमाडौँ, फागुन ५ । ठुला ठुला आयोजनाको ठेक्का लिएर काम नगर्ने पप्पु कन्सट्रक्सनलाई सरकारले कालो सुचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यलयले पप्पुलाई ३ बर्षका लागि कालोसुचीमा राखेको हो । कार्यलयले पप्पुसहित ठेक्का लिएर काम नगर्ने अन्य ६ निर्माण कम्पनीलाई कालो सुचीमा राखेको छ ।

सांसद हरिनारायण चौधरीको स्वामित्वमा रहेको निर्माण कम्पनी ‘पप्पु कन्सट्रक्सन’ यसअघि पनि धेरै पटक विवादमा पर्दै आएको थियो । विवादमा आफ्नो जोडिएपछि चौधरीले आफ्नो छोरा सुमित रौनियारको नाममा कागजी स्वामित्व कायम गरेका छन् । कामको जिम्मेवारी लिएर समयमै काम नगर्ने र विभिन्न बहानाबाजी गर्दै उम्किन खोज्नु पप्पुको नीति जस्तै बनेको छ । यसअघि पनि पटकपटक कालो सुचीमा पर्दै आएको पप्पु सांसदकै स्वामित्वमा भएकोले जोगिँदै आएको थियो ।

काठमाडौँ उपत्यका सडक आयोजनाअन्तर्गतको योजनामा प्रतिवद्धताअनुसार पप्पुले काम नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यलयले ३ बर्षका लागि कालोसुचीमा राखेको हो ।

पप्पुसहित श्रीदेव सप्लायर्सलाई पनि १ बर्षका लागि कालोसुचीमा राखिएको छ । कार्यलयका अनुसार प्रहरीको ठेक्का लिएर काम नगरेपछि श्रीदेवलाई कालोसुचीमा राखिएको हो । त्यस्तै श्री निशा सप्लायर्स, बारा कन्सट्रक्सन, एचबिकेसी निर्माण सेवालाई पनि एकएक बर्षका लागि कालोसुचीमा राखिएको छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।