कृष्ण बहादुर महरालाई रिहा गर्न जिल्ला अदालत काठमाडौंको आदेश

दियो पोस्ट  

काठमाडौं, ५ फागुन । पूर्व सभामुख कृष्ण बहादुर महरा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेश अनुसार उनी रिहा भएका हुन् ।
संसद सचिवालयका कर्मचारी रोशनी साहीलाई यौन दुर्व्यबहार गरेको अभियोगमा उनी पक्राउ परेका थिए ।

अदालतले सफाइ दिएसँगै महरा सोमबार नै जेलमुक्त हुने छन् । पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए । जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला  अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।