पशुपतिमा महाशिवरात्रीः ६ हजार सादा पोशाकका प्रहरी परिचालन !

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन ९ । शिवरात्रीको दिनमा पशुपती क्षेत्रमा सुरक्षा व्यवस्था कडाई गरिएको छ । पशुपती क्षेत्र विकास कोषका अनुसार भक्तजनको सुरक्षा र शान्तपुर्वक दर्शन गर्ने व्यवस्थाका लागि सादा पोशाकमा प्रहरीहरु परिचालन गरिएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार पशुपती क्षेत्रमा ६ हजार भन्दा बढी सादा पोशाकका प्रहरी परिचालन गरिएको छ ।

भक्तजनहरुको अत्याधिक भीड लाग्ने भएको कारण उनिहरुको सुरक्षाको ध्यान राख्दै प्रहरी परिचालन गरिएको निर्देशक खतिवडाले बताएका छन् । पर्वको नाममा हुने गरेको विकृतीलाई नियन्त्रण गर्नका लागि पनि प्रहरी र गुप्तचरहरु परिचालन गरिएका छन् । विशेषगरि शिवरात्रीमा पशुपती क्षेत्रमा गाँजाको कारोबार र सेवन दुबै अत्याधिक रुपमा हुन थालेपछि केही बर्ष अगाडीदेखि गाँजा निषेधित गरिएको थियो । तर, पुर्ण रुपमा नियन्त्रण भने हुन सकेको छैन । सोहीका लागि समेत धेरै संख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको उनले बताए ।

५ हजार भन्दा बढी संख्यामा साधुसन्त

कोषका निर्देशक खतिवडाका अनुसार आजको दिन पशुपती क्षेत्रमा ५ हजार भन्दा बढी संख्यामा साधुसन्तहरुको उपस्थिती रहेको छ । नेपाल र भारत सहित अन्य क्षेत्रका शिवभक्त साधुहरुको उपस्थिती रहेको छ ।

उनिहरुको आवास र भोजनका निम्ति पशुपती क्षेत्र विकास कोषले विशेष व्यवस्था गरेको छ ।

बाबालाई गाँजाकै पीर

शिवभक्त बाबाहरु गाँजा पारखी हुन् । उनिहरु २४ घण्टा गाँजाको नसामा हुने गर्दछन् । पशुपती क्षेत्र विकास कोषले गाँजालाई प्रतिवन्ध गरेपछि बाबाहरु प्रहरीको आँखा छलेर गाँजा सेवन गर्ने गरेको देखिन्छ ।

VARANASI, INDIA – MAR 16, 2018: Hindu sadhu smoking ganja, marihuana with chillum on the ghats of the Ganges river. According to legends, the city was founded by God Shiva about 5000 years ago.

साधुसन्तहरुले शिवरात्रीमा गाँजाको कारोवार समेत गर्ने गर्दथे । दर्शनका लागि पशुपती पुगेका युवाहरु तीनै बाबा बाट गाँजा खरिद गर्दथे । तर पशुपती क्षेत्र विकास कोषले कडाईका साथ गाँजा प्रतिवन्ध गरेपछि साधु सन्तहरु समेत लुकीछिपी सेवन गर्ने गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस