पेरिसडाँडामा प्रचण्डलाई भेट्न पुगे माधव नेपाल, ३० मिनेट गोप्य भेट !

पेरिसडाँडामा प्रचण्डलाई भेट्न पुगे माधव नेपाल, ३० मिनेट गोप्य भेट !

काठमाडौं, ११ फागुन । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ ।


नेकपाको मुख्य कार्यालय पेरिसडाँडामा पचण्ड र नेपालबीच भेटवार्ता भएको हो । नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको मजदुर बलिदान दिवसमा सम्बोधन गर्न पेरिसडाँडा पुगेका प्रचण्डले सम्बोधन सके लगत्तै माधव नेपाललाई बोलाएका थिए ।


केहीबेरमै पेरिसडाँडा पुगेका उनी र प्रचण्डबीच करिब ३० मिनेटसम्म गोप्य भेटभाट भएको थियो । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोेच्च अदालतले संसद पुनस्थापना गरे आन्दोलन गर्ने भन्दै अदालतलाई नै धम्की दिनेदेखि नेपाली सेनाका प्रधानसेनापतिले प्रधानन्यायाधीशलाई भेटघाट गरेको र सुरक्षा परिषदको बैठकले संकटकाल लगाउनेसम्मको तयारी थालेको चर्चा भइरहेको बेला दुई अध्यक्षबीच भेटघाट भएको हो ।


भेटघाट सकिए लगत्तै प्रचण्ड भने चितवन प्रस्थान गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

Trending News