सुन्दैछु केपी ओलीले संसद विघटन जस्तै अर्को जालझेल र षडयन्त्र गर्दैछन् : वामदेव गौतम

सुन्दैछु केपी ओलीले संसद विघटन जस्तै अर्को जालझेल र षडयन्त्र गर्दैछन् : वामदेव गौतम

काठमाडौं, १२ फागुन । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीले थप जालझेल र षडयन्त्र गर्न थालेको बताएका छन् ।


बुधबार पार्टी एकता राष्ट्रिय अभियानले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले कहिल्यै आत्मआलोचना नगर्ने बताएका छन् ।


‘म सुन्दैछु । केपी ओलीले फेरि प्रतिनिधि सभा विघटन जस्तै अर्को जालझेल र षडयन्त्र गर्दैछन् । मैले थाहा पाएसम्म उहाँले आत्मआलोचना गनुभएको छैन,’ उनले भने ।


प्रधानमन्त्री केपी ओलीले तत्काल राजिनामा गरेर आत्मआलोचना गरे पार्टी एकता हुन सक्ने उनले बताए ।
सर्वोच्च अदालतको फैसला ऐतिहासिक रहेको भन्दै उनले आगामी दिनमा कुनै पनि प्रधानमन्त्रीले संसद विघटन गर्ने दुस्साहस नगर्ने उपलब्धी भएको उनले बताए ।

Trending News