ओली, बस्नेत र बास्कोटाको तस्विरसहित नेकपाका कार्यकर्ताको विजय जुलुश

ओली, बस्नेत र बास्कोटाको तस्विरसहित नेकपाका कार्यकर्ताको विजय जुलुश

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई गलत ठह¥याउँदै पुनर्स्थापनाका लागि फैसला गरेपछि प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले सडकमा खुसीयाली जुलुश निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि आनदोलनमा उत्रिएको नेकपाले देशै भर विरोध जुलुश र सभा सम्पन्न गरेको थियो । त्यसविरुद्ध परेका मुद्दाहरुको हिजो सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाएको थियो । फैसलामा प्रधानमन्त्री ओली र राष्ट्रपति दुवैका कदमलाई असंवैधानिक ठहर गरिएको थियो ।
नेकपा कार्यकर्ताले प्रधानमन्त्री ओली, नेकपा नेता महेश बस्नेत र ७० करोड घुस वार्गेनिंगमा विवादास्पद गोकुल बास्कोटाको तस्विर समेत लिएर व्यंग्य गरेका छन् ।

Trending News