प्रदेश १ को नामकरण प्रस्ताव पेस गर्न आह्वान

दियो पोस्ट  

काठमडौं । प्रदेश १ को प्रदेशसभा सचिवालयले प्रदेश नामकरणसम्बन्धी प्रस्ताव मध्याह्न १२ बजेसम्म पेस गर्न सांसदहरुलाई सूचित गरेको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना प्रकाशित गर्दै बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्ममा नामकरणसम्बन्धी आफ्नो प्रस्ताव पेस गर्न आह्वान गरेका हुन् ।