स्रोत नखुलेको भारतीय रूपैयाँसहित २ जना पक्राउ

दियो पोस्ट  

मोरङ । बिराटनगरमा स्रोत नखुलेको भारतीय रकमसहित दुईजना पक्राउ परेका छन् । महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट स्रोत नखुलेको नगद ७ लाख २० हजार भारतीय रुपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत हरियाणा बहादुरगंज बस्ने ३० वर्षीय सन्नी गुप्ता र सोही ठाउँ बस्ने ४३ वर्षीय सुरेन्द्र कुमार रहेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा उक्त रूपैयाँसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।