
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको कार्यालय तोडफोड भएको छ । बिहीबार साँझ इतर समूहले कार्यालय तोडफोड गरेको हो ।
दिउँसो इतर समूहका नेता शिव रिमाल संस्थापन पक्षका विद्यार्थीबाट त्रिभुवन विश्वविद्यालयमा कुटिएका थिए ।
त्यसको बदलामा संगठनको कार्यालय तोडफोड भएको नेविसंघका एक नेताले बताए ।
नेविसंघका संस्थापन र इतर दुई समूहले बेग्लाबेग्लै रुपमा स्ववियु चुनावको तयारी लगायतका गतिविधि गरिरहेका छन् ।