भोजपुर । भोजपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको षडानन्द नगरपालिका–१२ पिप्ले बस्ने नारायण भुजेलको छोरा १३ वर्षीय सरोज भुजेलको चट्याङ लागेर बिहीबार राति मृत्यु भएको हो। चट्याङ लागेर गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटार संखुवसभामा उपचारको क्रममा मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार
भइरहेको छ ।