महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

दियो पोस्ट  

महोत्तरी । महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । पिपरा गाउँपालिका–२ अतराद टोल बस्ने २४ वर्षीया ईशेर देवी मण्डलको आफ्नै घरको चापाकलमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।