काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादीहरु अपराधी र हत्यारा’ नभएको दाबी गरेका छन् । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता हुँदासमेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको उल्लेख गरे ।
आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्रीबिरुद्ध मुद्दा दर्ता हुँदासमेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको बताए। मुद्दा दर्ता भइसक्दासमेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उनको पार्टी कता गय ? भन्दै प्रश्न गरे।
उनले भने, ‘आज यो सारा माओवादीले बिगार्यो, भत्कायो, अपराधीहरू, लुटेराहरू, भाषणैपिच्छे । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ । को हो हत्यारा नेपालमा ? दुई सय वर्षसम्म जनतालाई चुसेर अर्बौं सम्पत्ति थुपार्ने सामन्तहरू अपराधी हुन् । हामी अपराधी होइनौँ जुन अपराधी बनाई व्याख्या गर्न खोजिएको छ, सह्य हुँदैन । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन । माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ । दोहोर्याउन सकिन्छ, हेक्का राखौँ । हामी एक भएर उठ्यौँ भने ०६० सालको माओवादी ब्युँताउन सकिन्छ।’
उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए।
लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा आफूहरूलाई स्वीकार नरहेको जिकिर गर्दै उनले माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्याउने चेतावनी दिए।