
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका हवल्दार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा वेसक्याम्प, बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई २० हजार घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीसँग टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई २० हजार घुससहित पक्रउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताए ।
रुपन्देहीको गैडहवा गाउँपालिका ३ मंगलपुरबाट पक्राउ परेका सेनमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता दाहाले जानकारी दिए ।