
काभ्रे । काभ्रेको धुलिखेलमा रहेको एक होटलमा कौडा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।
सोमबार बेलुका ८:०० बजे धुलिखेल नगरपालिका-३ मा रहेको ग्रेस होटलको तेस्रो तल्लामा कौडा खेलिरहेको अवस्थामा नौ जनालाई नगद रु एक लाख ७३ हजार ३२ रुपैयाँ र १६ जना कौडानसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालको कानुनले जुवातास खेल्नुलाई कसुर मान्दै सजाय समेत तोकेको छ । मुलुकी अपराध संहिताको दफा १२५ मा जुवा खेल्ने मात्र होइन जुवा खेलाउने व्यक्तिलाई समेत सजाय तोकिएको छ ।