स्याङ्जा । स्याङ्जामा खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–११ सिखरडाँडा बस्ने २० वर्षीय विष्णु भट्टराई तुल्सीभन्ज्याङस्थित आँधी खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको हो ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको युनाईटेड मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।