काभ्रे । दुबै मृगौला फेल भएकी काभ्रेपलान्चोकको मण्डेनदेउपुर नगरपालिका वडा न ७ की मधु दमाईका लागि उपचारका गर्न परिवारले आर्थिक सहयोग गर्न सबैमा अपिल गरेका छन् । विगत ६ वर्ष देखि उपचार गराउँदै आएकी ४८ वर्षीया मधुको उपचार गर्न परिवारको आर्थिक अवस्था अत्यन्तै दयनिय भएकोले उपचारका लागि सहयोग गर्न परिवारले सबैमा अपिल गरेका हुन् ।
चिकित्सा विज्ञान प्रतिष्ठान विर अस्पताल, काठमाडौंमा उपचार गराउँदै आएकी छन् । उनका श्रीमान दिनेश दामाईले भने,“घरको आर्थिक अवस्था कमजोर छ , अव श्रीमतीलाई उपचार गराउन कसैले सहयोग गरे नँया जिवन दिन सकिने छ कि भन्ने आशा छ ।”
डाक्टरको सल्लाह अनुुसार मृगौला प्रत्यारोपण गर्न सकिने जनाएपनि आर्थिक अभाव र दिने दाता नभएकाले समस्या परेको उनका परिवारजनको भनाई छ । अहिले पछिल्लो समयमा निःशुल्क डायलासिस गराएपनि अन्य खर्च जोडदा खर्चले धान्न नसकेको पिडीतका श्रीमान दिनेको भनाई छ ।
आर्थिक सहयोग गर्न चाहानेले उनीहरुको सम्पर्क नम्बर ९८६०३९८९५७ वा ९८०३२०७७११ मा सम्पर्क गर्न परिवारले आग्रह गरेका छन् ।