श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

दियो पोस्ट  

जुम्ला । जुम्लामा आफ्नै श्रीमतीको हत्यको आरोपमा श्रीमान पक्राउ परेका छन् । २१ वर्षीया ममता नेपालीको हत्या गरेको आरोमपमा तिला गाउँपालिका–४ नुवाकोट बस्ने ४७ वर्षीय आइते सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घटनाको जानकारी हुनासाथ प्रहरी चौकी कुंडारीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । हत्यको कारण भने खुल्न सकेको छैन ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस