स्ववियू निर्वाचनः शहिद आदर्श क्यापस ओखलढुङगामा उम्मेदवारको चुनावी प्रचारप्रसार !

दियो पोस्ट  

ओखलढुङगा । ओखलढुङगाको शहिद आदर्श क्यापस रामपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । नेपाल विद्यार्थी संघ र अनेरास्ववियु को तर्फबाट मनोनयन भएको हो । नेपाल विद्यार्थी संघवाट सुरेश धमलाको नेतृत्वमा शुभम दाहाल सचिव, मिना कटवाल कोषाध्यक्ष सदस्यहरुमा सृष्टी कार्की, सीता पौड्याल, भुवन धमला, प्रमोदन खतिवडा, युमना दाहालको उम्मेदवारी रहेको छ । अनेरास्ववियुकी जुनु कार्कीको नेतृत्वमा सरोज ढकाल सचिव, सरोज राई कोषाध्यक्ष सदश्यहरुमा जमुना श्रेष्ठ, समिन माया तमाङ, गिता भुजेल, विमला तामाङ, प्रजुला खतिवडाले मनोनयन दर्ता गरेका छन । सोही क्याम्पसमा अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको गठबन्धन रहेको छ । अनेरास्ववियूले सभापति सहित ४ ओटा र क्रान्तिकारीले सचिव सहित ४ ओटा पदमा उम्मेदवारी दिएका छन् । आगामी चैत्र ५ गते निर्वाचन हुने तालिका छ ।

“जिल्लामा नेपाली कांग्रेस एकजुट छ, नेपाल विद्यार्थी संघको जिल्ला नेतृत्व स्ववीयू जिताउन आतुर छ।” नेपाल विद्यार्थी संघका अध्यक्ष रोशन महतराले भने । उनको नेतृत्वमा नेवीसंघका नेताहरु हरिशचन्द्र श्रेष्ठ, योगेश तामाङ, भुवन दाहाल लगायतका नेताहरु उक्त निर्वाचन जिताउन क्रियाशिल रहेका छन् । गठबन्धन भएपनि नेवीसंघले निर्वाचन जित्ने पक्का भएको महतराको भनाई छ ।

अनेरास्ववियूका केन्द्रीय सदस्य गोपाल नेपालले भने,“ यस अघिको चुनावमा हामीले विजय प्राप्त गरेका थियौं, भने यो पटक पनि हामी नै विजय हुन्छौ भन्नेमा हामी विश्वस्त छौं ।”

युवराज पहाडी