१३ वर्षीया बालिका बलात्कृत, एकजना पक्राउ

दियो पोस्ट  

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक थाङपाल गाउँपालिका–१ घर भएका २२ वर्षीय सुनिल गहतराज रहेका छन् । उनलाई आइतबार राती प्रहरीले पक्राउ गरेको हो ।
सुनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत
थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।