
काठमाडौं । शंकरदेव क्याम्पसमा स्ववियु निर्वाचनका लागि अखिल (क्रान्तिकारी) का तर्फबाट बिरेन्द्र जिसिको नेतृत्वमा प्यानल सहित दर्ता भएको छ ।
चैत ५ मा हुने भनिएको स्ववियु निर्वाचनमा शंकरदेव क्याम्पसमा सभापतिमा बिरेन्द्र जिसि सचिवमा सविन अधिकारी, कोषाध्यक्षमा रामचन्द्र सिर्मल, सदस्यमा प्रविण सिंखडा, सुलभ ज्ञवाली, महेन्द्र सञ्ज्याल, कमल बहादुर कट्वाल, प्रतिक्षा आचार्य, समिर थापा क्षेत्री, अल्बर्ट विष्ट र विजय चौधरीले उम्मेदवारी दिएका हुन् ।

संगठनको समर्थनमा बिरेन्द्र जिसिले आफ्नो नेतृत्वमा प्यानल सहित दर्ता गरेको बताइएको छ ।