प्रचण्डको अस्थिर स्वभावका कारण मुलुकले धेरै दुःख पायो : युवा नेता रिजाल

दियो पोस्ट  

काठमाडौं । नेकपा (एमाले)का युवा नेता रामप्रसाद रिजालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अस्थिर स्वभावको कारणले मुलुकले धेरै दुःख पाएको र अझै दुःख पाउँने बताएका छन् ।

नेता रिजालले एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बनेको र प्रचण्डले यस्तो कदम चाल्नु आफैंमा घातक भएको बताएका हुन् ।

उनले भने, ‘जनमत कसरी घट्यो र ३२ सिटमा खुम्चिनु पर्‍यो अझै विश्लेषण गर्न सक्नुभएन । सत्तामा बस्दैमा जनमत बढ्ने भए पाँच पार्टीको भोट पाएको र कयौं ठाउँमा बुथ कब्जा गरेको कांग्रेसले बहुमत ल्याउँथ्यो होला , २४ जना सांसद लिएर विभाजन भएको एसले अझै धेरै सिट ल्याउन पर्थ्यो होला , देशभित्र र बाहिरका सबैले घेराबन्दी गरेको एमाले दुई र चार सिटमा सिमित हुन पर्थ्यो होला ।’

उनले बिस्तारै कम्युनिष्टहरुलाई एकताको बाटोतिर अगाडि बढाउने सोचको साथ प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै विदेशीहरुको चलखेल रोक्ने हदैसम्म कोशिश गर्दा पनि प्रचण्ड झूकेको बताए ।