पीएनजीबिरुद्ध यूएई ६ विकेटले विजयी

आईसीसी क्रिकेट विश्वकप लिग–२

दियो पोस्ट  

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलामा यूएईले पहिलो जित हात पारेको छ । कप्तान मोहम्मद वजिमको आक्रमक शतकीय पारी सहित यूएईले पिएनजीलाई ६ विकेटले पराजित गरेको छ । लिग – २ का ३६ खेलमा जम्मा ५ खेल मात्र जितेको पीएनजीले पछिल्ला ४ खेलमा यूएईलाई लगातार हराएको थियो । तर त्यसको बदला लिँदै यूएई २३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । यूएईका लागि कप्तान मोहम्मदले सार्वधिक ११९ रन बनाए । उनले ७६ बलमा ६ चौका र १२ छक्का प्रहार गरे । ओपनरका रुपमा आएका मोहम्मद वाजिमले भृत्य अरविन्दसँग १२५ रनको शतकीय साझेदारी गरे । यूएईले २४ रनमा पहिलो विकेटका रुपमा आर्यन लाक्रालाई गुमाएपछि तेस्रो क्रममा आएका भृत्य ५६ बलमा ५ चौकासहित ३३ रन बनाउँदै क्याच भए ।

सम्बन्धित खबर