अवैध लागूऔषधसहित २ जना पक्राउ

दियो पोस्ट  

मोरङ । लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९३ मिलिग्राम र नगद १८ हजार रुपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डिगढी नगरपालिका–२ बस्ने २९ वर्षीय उमेश खत्री र सुनसरी इटहरी उपमहानगरपालिका–५ बस्ने
२८ वर्षीय बसन्त तोलाङ्गी रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।३९ प ८७१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर