श्रीमतीको हत्या गरी फरार रहेका हेम कर्ण पक्राउ

दियो पोस्ट  

मोरङ । श्रीमतीको हत्या आरोपमा प्रहरीले मोरङको बेलबारीबाट एक जनालाई पक्राउ गरेको छ । फागुन २५ मा भएको घटनापछि फरार रहेका बेलबारी नगरपालिका वडा नम्बर १ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

उनले ५३ वर्षीया श्रीमती देबि महतलाई घरायसी वादविवादको कारण धारिलो हतियारले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

शनिश्वरेस्थित पश्चिम बसपार्कबाट ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर