उपराष्ट्रपति गैर नेपाली नागरिक भएको एमाले सचिव योगेश भट्टराईको विवादास्पद आरोप !

- दियोपोस्ट  

काठमाडौं । शुक्रबार सम्पन्न उपराष्ट्रपति निर्वाचनबाट जनता समाजवादी पार्टी जसपाका नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । ३० हजार ३ सय २८ मतभारसहित उनी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय ८८ मतभार प्राप्त गरेकी थिइन् ।

शुक्रबार संसद भवनमा मतदान चलिरहँदा नेकपा एमालेका सचिव योगेश भट्टराई संचारकर्मीलाई प्रतिक्रिया दिँदै थिए । ‘उपराष्ट्रपतिको निर्वाचन रमाइलो हुँदैछ । कहिलेकाँही अप्रत्यासित परिणाम आउँछ । हिजो मात्रै क्रिकेट खेलमा अप्रत्यासित परिणाम आयो । मौसम खराब भयो,’ उनी भन्दै थिए,‘नेपालको पक्षमा मौसम हुन्छ । अष्टलक्ष्मी शाक्य नेपाली उम्मेदवार हो । खास नेपाली उम्मेदवार हो । आजको मौसमले पनि उहाँलाई साथ दिन्छ होला ।’

भट्टराईको उक्त अभिव्यक्तिले शाक्यलाई नेपाली र यादव अर्थात मधेसीलाई विदेशी संज्ञा बुझाउँछ । ‘मधेसी भन्ने वित्तिकै गैरनेपाली जस्तो व्यवहार उहाँले पोख्नु भयो । त्यो निकै आपत्तिजनक छ,’ जसपाका एक नेता भन्छन्,‘भट्टराईको अभिव्यक्तिको विरोधमा हाम्रो पार्टीले कार्यक्रम गर्नेछ ।’

२०२७ साउन ९ गते बारा जिल्लाको बसबरियामा जनिमएका यादवले भारतको सितामगढीबाट वित्रान विषयमा स्नातकोत्तर गरेका हुन् । त्यसपछि उनी शिक्षण पेशामा लागेका थिए । उनी शिक्षण पेसा छाडेर पूर्णकालिन राजनीतिमा लागेका थिए । यादवको राजनीतिको शुरुवात नेपाल सद्भावना पार्टीबाट भएको थियो । मधशका विभिन्न राजनीतिक दलमा क्रिायाशिल भएपछि उनी पछिल्लो समय जसपामा आवद्ध भएका थिए ।

सम्बन्धित खबर