स्वयम्भूको शिवशक्ति धाम मन्दिरको मूर्ति चोरेको आरोपमा १ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । मूर्ति चोरी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा भीमसेनथान घर भएकी तेस्रो लिङ्गी २८ वर्षीया कुमारी तामाङ छन्।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू, नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती चोरी गरेको आरोपमा प्रहरीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो।

गत माघ १६ गते उक्त मूर्ति चोरी भएको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तामाङको कोठा तलासी गर्ने क्रममा सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती १ थान,  विभिन्न देवी देवताको आकृती भएको ढुंगाको मूर्ती २४ थान, धातुको मूर्ती २९ थान र धातुको त्रिशुल १ थान बरामद गरेको छ।