राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन पेश

दियो पोस्ट  

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश प्रसाद थपलियाले राष्ट्रपति रामचन्द्र पौडेलसम्क्ष आइतबार निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पेश गरेका हुन् ।
नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनको प्रतिवेदन पेश हुन आएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।