काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका–१ चरिकोट घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ माईक्रोपार्क बस्ने ४४ वर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन् । उनलाई सोमबार (हिजो) प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।