अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीनजना पक्राउ

दियो पोस्ट  

सुनसरी । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरीगढी ९ का २५ वर्षीय जितेन राई रहेका छन् । उनलाई धरान उपमहानगरपालिका–२० स्थित सडकबाट अवैध लागूऔषध गाँजा ३१ केजीसहितलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रदेश १–०२–०५१ प २३०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।

यसैगरी धरान उपमहानगरपालिका–११ बस्ने ४७ वर्षीया विष्णु माया राईको घरबाट लुकाई छिपाई राखेको अवैध लागूऔषध गाँजा ३१ केजी फेला पारी राईलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।

झापा, बिर्तामोड नगरपालिका(३ बिर्ताबजारबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्राम र नगद ६ हजार ७ सय ५० रुपैयाँसहित सोही नगरपालिका–२ बस्ने २६ वर्षीय दयालाल राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

सम्बन्धित खबर