
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
आइतबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव विनोद प्रकाश सिंहले नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० कुँवरलाई आईजीपीमा नियुक्त गरेको थियो ।