नगरप्रहरीको अभद्र व्यवहारले खुलामञ्च गेटमै रोकिए मिटरब्याज पीडित

दियो पोस्ट  

काठमाडौं । मिटर ब्याज पीडितलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेश गर्न रोक लगाएको छ ।

विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडित वीर अस्पताल अगाडिको गेटबाट खुलामञ्च प्रवेश गर्न खोजेका थिए । तर महानगरपालिकाको नगर प्रहरीले गेटमा उनीहरुलाई रोकेको हो ।

त्यसपछि मिटरब्याज पीडितले मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेका छन् ।

खुला मञ्चमा बिरोध कार्यक्रम गर्न आइतबार नै महानगरका मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरेको तर सुनुवाई नभएको मिटरब्याज पीडितहरुले बताएका छन् ।

खुलामञ्च प्रवेश गर्न नदिएपछि उनीहरु वीर अस्पताल अगाडिको सडकमै बसेका छन् ।