बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

दियो पोस्ट  

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नुवाकोट मेघाङ गाउँपालिका–५ टक्सार ठेगाना भएका ४३ वर्षीय तारा लाल विश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७७ माघ ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र ४० लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्धारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।