६१ वर्षीया महिला बलात्कृत, २ जना पक्राउ

दियो पोस्ट  

पाल्पा । ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पहरीले उनीहरुलाई बुधबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका–६ घर भई पाल्पा तानसेन नगरपालिका–६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका–२ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले ती महिललाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।