नुवाकोटको दुप्चेश्वरमा जिप दुर्घटना : २ को मृत्यु, ९ जना घाइते

दियो पोस्ट  

काठमाडौं । शुक्रबार दिउँसो दुप्तेश्वर गाउँपालिका–४ गोल्खुभञ्ज्याङबाट काठमाडौं जाँदै गरेको ना १ ज ३९८४ नम्बरको टाटासुमो सिन्दुरेडाँडास्थित सडकबाट खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो।

११ जना सवार सुमो खोलामा खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।

मृत्यु हुनेमा दुप्तेश्वर गाउँपालिका–४ का १६ वर्षीया मनमाया तामाङ र २५ वर्षीया छिरिङ तामाङ छन्।

दुर्घटनामा ९ जना घाइते भएका छन्। घाइतेहरूलाई तादी गाउँपालिकास्थित खरानीटार अस्पतालमा प्राथमिक उपचारका लागि राखिएको छ ।
खरानीटारमा प्राथमिक उपचारपश्ताच घाइतेहरूको अवस्था हेरेर त्रिशुली अथवा काठमाडौं पठाउने तयारी भइरहेको छ ।

सम्बन्धित खबर