काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले पहिलो ओभरमै २ सफलता हात पारेको छ ।
टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको छ ।
करण केसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका हुन् । चौथो बलमा माइकल लेभिटलाई आउट गरेका उनले अन्तिम बलमा स्याब्रान्डालाई आसिफ सेखबाट क्याच आउट गराएका हुन् ।