सुनको मूल्यमा भारी गिरावट, प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम

दियोपोस्ट संवाददाता

काठमाडौँ । निरन्तर ओरालो लागिरहेको सुनको मूल्य साताको अन्तिम दिन आज (शुक्रबार) पनि प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको हो ।

योसँगै आज छापावाल सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

मंसिर महिना सुरु भएसँगै सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । कात्तिक ३० गते प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ रहेको सुनको मूल्य मंसिर १ गते १ हजार ९०० रुपैयाँले घटेको थियो । त्यसैगरी, मंसिर २ गते ६ हजार ३०० रुपैयाँ र मंसिर ३ गते (हिजो) ३ हजार ३०० रुपैयाँले घटेको सुन आज शुक्रबार एकैदिन १२ हजार २०० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

त्यस्तै सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ४५ रुपैयाँले घटेको थियो ।

सम्बन्धित खबर

सिफारिस