
काठमाडौँ । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले२ लाख रुपैयाँ जरिवाना गरेको छ ।
उपभोक्ताले ‘हेलो सरका’ को वेब पोर्टल (टिकट नं. HS-WEB-188…) मार्फत ग्यास सिलिन्डरको मूल्य बढी लिइएको भनी गुनासो दर्ता गराएपछि विभागको टोलीले अनुगमन गरेको थियो । हेलो सरकारको समन्वयमा गरिएको अनुगमनका क्रममा कैफियत भेटिएपछि सम्बन्धित स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हेलो सरकारले जनाएको छ।
हेलो सरकारले विश्वास गरी गुनासो टिपाउने सेवाग्राही तथा तत्काल कारबाही प्रक्रिया अघि बढाएर सहकार्य गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागप्रति धन्यवाद व्यक्त गरेको छ।
उपभोक्ता ठगिने वा कुनै पनि सार्वजनिक सेवामा समस्या आएमा हेलो सरकारको निःशुल्क फोन सेवा ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो टिपाउन सरकारले आग्रह गर्दै आएको छ।
