राप्रपा कार्यालयमा कुटपिट घटनाः प्रहरीले थाल्यो अनुसन्धान

खुमा वली  

काठमाडौं । राप्रपा कार्यसम्पादन समिति सदस्य एवम् सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको प्रकरणमा प्रहरीले छानबिन थालेको छ । प्रहरी वृत्त, महाराजगञ्जका एक अधिकृतले भने आवश्यकता अनुसार, आइतबार पूर्वएआईजीसमेत रहेका श्रेष्ठले आवश्यकता अनुसार किटानी जाहेरी समेत दिने बताएका थिए । तर, अहिलेसम्म किटानी जाहेरी भने नआएको उनले बताए ।

आइतबार राप्रपाको कार्यसम्पादन समितिको बैठकमा भएको विवादलाई लिएर श्रेष्ठमाथि उपाध्यक्ष बिक्रम पाण्डेको समूहले कुटपिट गरेको नेताहरु बताउँछन् ।
घटनाबारे सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखिएको दृश्यमा श्रेष्ठ अध्यक्ष लिङ्देनको कोठामा प्रवेश गर्न खोजेको देखिन्छ । तर, ढोकामा पुग्दा नपुग्दै ४/५ जनाको समूहले श्रेष्ठलाई मुक्का र लात्ताले हानेको भिडियोमा देखिन्छ ।