महरालाई काठमाडौं ल्याइयो, आजै अदालत पेस गर्ने तयारी

दियो पोस्ट डेस्क  

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ ।

उनलाई सोमबार बिहान रुपन्देहीबाट नियन्त्रणमा लिई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको हो ।

उनलाई ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको थियो । महरालाई आजै जिल्ला अदालत पेस गर्ने प्रहरीको तयारी छ ।

सुन तस्करी सम्बन्धी छानबिन आयोगको सिफारिसका आधारमा अनुसन्धान गरी पुरक अभियोगपत्र दायर गर्नका लागि महरालाई पक्राउ गरिएको हो।