शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित

दियो पोस्ट डेस्क  

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरे ।

उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो । बैठकमा दिवङ्गत सांसद अन्सारीप्रति एक मिनेट मौनधारणा गरिएको थियो । अन्सारी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएका थिए । उनको उपचारका क्रममा आइतबार निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत ७ गते बुधबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।