आफ्नै साथीको हत्या गरी फरार रहेका एक जना २१ वर्षपछि पक्राउ

दियो पोस्ट डेस्क  

काठमाडौं । आफ्नै साथीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले २१ वषपछि पक्राउ गरेको छ ।

सोलुखुम्बु नेचा सल्यान–४ घर भएका ४१ तेज बहादुर राई (तिखे)ले काठमाडौं महानगरपालिका–१९ मरुढोका ईनाटोल घर भएका संजय साहीको हत्याको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको हो ।

राईले मरुढोका ईनाटोल स्थित बस्ने बिनोद साहीको राँगा काट्ने बधशाला भित्र फलामको रडले संजयलाई टाउको लगायत शरिरको विभिन्न भागमा प्रहार गरी हत्या पश्चात सामाग्री खोला किनारमा फाली फरार भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई महानगरपालिका–३२ काटेश्वरबाट पक्राउ गरी आज मङ्गलबार आवश्यक कारबाहीका लागि सम्मानित जिल्ला अदालत काठमाडौं बुझाइएको छ ।