नेपाल विद्दार्थी संघले गृहमन्त्री र अर्थ मन्त्रीको राजिनामा माग्दै प्रदर्शन

दियो पोस्ट डेस्क  

काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री र अर्थ मन्त्रीको राजिनामा माग्दै प्रदर्शन गरेको छ ।

नेपाल ल क्याम्पसबाट निकालिएको जुलुसमा उनीहरूले गृहमन्त्री सहकारी ठगी र अर्थ मन्त्री सुन तस्करीमा संलग्न रहेको भन्दै राजिनामा र छानविनको माग गर्दै प्रदर्शन गरेको हो ।

उनीहरूले सुनको प्रतिमा बनाएर र नक्कली सुनको गहना लगाएर सडकमा उत्रिएका थिए ।