डीएनए को नमुना संकलन

दियो पोस्ट डेस्क  

काठमाडौं । महारागंज शिक्षण अस्पतालमा रुसी सेनामा मृत्यु भएका नेपालीहरुको परिवारहरुले रुसमा मृत्यु भएका आफ्नो परिवारका सदस्यको शवको पुष्टिका लागि डीएनएको नमुना दिएका छन् ।

नेपाल पररास्ट्र मन्त्रालय अनुसार गत २४ फागुनमा रुसले रुसी सेनामा मृत्यु भएका १५ जना नेपालीको शव पहिचानका लागि नेपालबाट परिवारका सदस्यको डीएनएको नमुना पठाइदिन पत्राचार गरेको थियो ।

नेपाल पराराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले दाङका जीतबहादुर पुन मगर र अभिषेक बुढा, नवलपरासीका प्रेमप्रकाश न्यौपाने, बाँकेका चन्द्रबहादुर बिसी, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङ, प्यूठानका सोमेश सुनुवार र विकास राई, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, तेह्रथुमका टीकाबहादुर रानामगर र भीमबहादुर बिसी, खोटाङका क्षितिज बस्नेतको परिवारको डीएनए नमुना पठाइदिन भनेको छ।

कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार हालसम्म १५ जनामध्ये ८ जनाको नमूना रुस पठाइएको छ ।