सन्दर्भ विश्व पानी दिवस : कहिले देख्न पाउने सफा पानी ? (फोटोफिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । मानवको जिवन पानीमै भर परेको हुन्छ । विश्वमा मानव इतिहास पनि खोला नदिको किनार बाटै सुरु भएको पाइन्छ ।

जनसंख्या वृद्धि, औद्योकिकीकरण, सहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरुमा असर गरिरहेको छ । काठमाडौं उपत्यका भएर बग्ने सबै खोला, नदिहरु नभैइ ढल, नाली जस्तो देखिन्छन ।ब्राहै महिना कालो, पहेलो पानी बाहेक बगेको कहिल्लै देखिँदैन ।

उपत्यका भएर बग्ने मुख्य नदि बागमती , विष्णु मति , धोविखोला , टुकुचे लगायत मुहान बाट निस्केको केहि बेरमै सफा पानी बाट कालो ढल बनेर बग्ने गर्दछ । उपत्यका भएर बग्ने नदि सफा देखिएको कथामा मात्र सिमित रहने भयो । बागमती , बिष्णुमती , धोबी खोलामा मिसाइएको ढलको दीर्घकालीन व्यवस्थापन नहुदा सम्म पानी कालो हैन, सफा निलो बग्छ भनेर अब आउने पुस्तालाई कसरी बुझाउन सकिएला ?