ओमन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एकजना पक्राउ, घरेलु काम भनेर वेश्यावृत्तिमा

अदालतबाट ५ दिनको म्याद थप

दियो पोस्ट  

काठमाडौं । ओमानमा आकर्षक तलब हुने भन्दै विभिन्न प्रलोभन देखाएर बेश्यावृत्तिमा लगाएकाे आरोपमा व्यक्ति पक्राउ परेका छन् । पाल्पा तिनाउ गाउँपालिका– ५ का आकाश राना भनिने बिष्णु बहादुर रानालाई मानव बेचबिखन अनुसन्धान व्यूरोको टोलीले पक्राउ परेका हुन् । फरार रहेका रानालाई गत चैत्र ९ गते उक्त टोलीले बालाजु यरीयाबाट पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान व्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए ।

‘रानाले गत भदौ २६ मा भिजिट भिषामा ओमनको मस्कट पुर्याएका थिए, ‘भिजिट भिषामा ओमनको मस्कट पुर्यार अभियुक्तका साथीहरुले निजलाई एजेन्ट अफिसमा राखेर ग्राहक बोलाई जवरजस्ती वेश्यावृत्तिमा लगाएको भेटिएको थियो’, मिश्रले भने,’साथै मानसिक याताना दिदै गरेको अवस्थामा निजलाई उद्दार गरिएको हो ।’

रानाले घरेलु काममा पठाउने र आकर्षक तलब हुने भन्दै विभिन्न प्रलोभन देखाएर भिजिट भिषामा आमन पुर्याएका थिए ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धानका लागि उनलाई काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ ।