धादिङ । नेपाली कांग्रेस धादिङ २ का उम्मेदवार रमेश प्रसाद धमलाले सार्वजनिक रुपमै फ्टयाइँ गरेका छन् । दियोपोस्ट डटकममा प्रकाशित समाचारलाई लिएर धमलाले आम मानिसले थाहा पाउने गरि झूट बोलेका हुन् । एक व्यक्तिलाई दिएको भिडियो प्रतिक्रियामा दियोपोस्टबारे उनले भ्रामक र झूटो अभिव्यक्ति दिएका हुन् ।
धर्मसन्तानको नाममा अवैध रुपमा बालबालीका तस्करी गरेको अभियोग लागेका धमलाबारे प्रकाशित समाचारलाई लिएर दियोपोस्ट डटकमले माफी मागेको भनि उनले झूटो भिडियो बयान दिएका हुन् । प्रश्नकर्ताले तपाईंको राहदानी रोक्का भएको विषयमा प्रकाशित समाचार कति सत्य हो भनि सोधेको प्रश्नमा धमलाले भनेका छन्,‘उहाँहरु (दियोपोस्ट)बारे केही केही कमेन्ट छैन । त्यो कुरा जसले उठान गर्यो उसले सम्पादकीय लेखेर हामीबट गल्ती भयो भनेर नबुझीकन लेखेका रहेछौँ भनेर सम्पादकीय लेखाई पहिले आइसकेको छ ।’
जबकी दियोपोस्टले आजको दिनसम्म धमलाबारे प्रकाशित समाचार तथ्यहिन देखिएको समेत छैन । तथ्यसहित प्रकाशित समाचारमा दियोपोस्टले माफी मागेको विषय नै भ्रामक हो । अहिलेसम्म सबै समाचार ईन्टरनेट अर्काइभमा सुरक्षित छ । माफी मागिएको भन्ने धमलाको दाबी भ्रामक र तथ्यहिन हो ।
धमलाले राहदानी रोक्को विषयमा समेत झूटो जवाफ दिएका छन् । उनले आफूलाई संसारको जुनसुकै मुलुकमा जानका खुला रहेको भन्दै दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । राष्ट्र बैंकले २०६७ सालमा धमलालाई नियतबस ऋण नतिर्ने व्यक्तिको सुचीमा राखेको र मन्त्रिस्तरको निर्णयको आधारमा कालोसूचि फुकुवा भएको विषयमा उनले तथ्यगत जवाफ दिएका छैनन् ।
यसको जवाफमा पनि धमलाले आफ्नो राहदानी अहिले विश्वभर हिँड्न मिल्ने अवस्थामा रहेको भनेर टालटुले जवाफ दिएका छन् ।