सर्लाही–३ का रास्वपा उम्मेदवार नरेन्द्र साह कलवार ‘कर्जा सूचना केन्द्र’को कालोसूचीमा

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाही-३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको तथ्य सार्वजनिक भएको छ।

धनुषाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएपछि सोही प्रक्रियामा गरिएको जाँचका क्रममा कलवारको नाम पनि कालोसूचीमा रहेको पाइएको हो।

कर्जा सूचना केन्द्रमा कालोसूचीमा परेकाहरूलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा लिन प्रतिबन्ध लाग्ने प्रावधान रहेको छ। कलवार निर्माण व्यवसायमा संलग्न रहेका व्यवसायी हुन्।

उनीमाथि विभिन्न ठेक्का आयोजनाहरू अलपत्र पारेको आरोप लाग्दै आएको छ। निर्माणाधीन योजनाहरू समयमै सम्पन्न नगरेको र आर्थिक दायित्व पूरा नगरेको विषयमा उजुरी परेपछि उनको नाम कालोसूचीमा समावेश गरिएको स्रोतले जनाएको छ।