काठमाडौँ । देशभरका मतदाता उत्साहका साथ मतदानमा सहभागी भइरहेका बेला दाङका दुई मतदान केन्द्रमा भने अहिलेसम्म मतदान सुरु हुन सकेको छैन। मध्यवर्ती बबई गाउँपालिका ७ देउती मावि मतदान केन्द्र र बबई १ जनता मावि मतदान केन्द्रमा अहिलेसम्म मतदान प्रक्रिया अघि बढ्न नसकेको हो
बाँके राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रअन्तर्गत बबई गाउँपालिका वडा नम्बर १ र ७ का मतदाताले सामूहिक रूपमा निर्वाचन बहिष्कार गरेको बताइएको छ ।
यी दुई केन्द्रमध्ये ‘जिल्ला’ मतदान केन्द्रमा ६८२ जना र ‘मलई’ मतदान केन्द्रमा ५३२ जना गरी कुल १ हजार २१४ मतदाता रहेका छन्। तर निर्वाचन बहिष्कारका कारण हालसम्म एक जना पनि मतदाता मतदानमा सहभागी भएका छैनन्।